ए’ड्सजस्तै काे’राेना भा’इरस पनि कहिल्यै सकिँदैन : डब्लुएचओ

को’रोना भा’इरस संसारबाट कहिले पनि नहराउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। सङ्गठनका आ’पत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले को’रोना भा’इरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भनेका छन्। उनले खो’प बनेपछि पनि भा’इरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने बताए।

संसारभरि अहिलेसम्म को’रोना भा’इरसका कारण तीन लाखभन्दा धेरै मानिसको मृ’त्यु भएको छ भने ४३ लाखभन्दा बढी सं’क्रमित भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले म’हामारीका कारण मानिसहरूमा व्यापक रूपमा मा’नसिक समस्या बढिरहेको बताएको छ। उसले सरकारहरूलाई मानसिक स्वास्थ्य एवम् मनोसामाजिक सहयोगलाई समेत म’हामारीसँग जुझ्ने योजनामा सामेल गर्न आग्रह गरेको छ।

डा. राएनले बुधवार इन्टरनेट मार्फत गरीएको प्रेस सम्मेलनमा बोल्दै भने, ‘यो कुरा थाहा हुनु आवश्यक छ ( को’रोना भा’इरस हाम्रो समुदायमा रहिरहने अर्को भा’इरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ।”ए’चआईभी हराएको छैन तर हामीले त्यससँग रहन सिकेका छौँ।’

उनले भने,’कसैले यो भा’इरस हराउने समय अनुमान गर्न सक्ने’ अवस्था नरहेको बताए। अहिले संसारमा १०० भन्दा बढी सम्भावित खो’पहरू विकास भइरहेका छन् तर डा. राएनले खो’प भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए।

उनले भने, ‘यो कुरो हाम्रो हातमा छ र यो सबैको सरोकारको कुरो हो। हामी सबैले यो म’हामारी रोक्न सहयोग गर्नुपर्छ।’

प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार १२:४८