२०७७ साल जेष्ठ महिनाकाे मासिक राशिफल हर्नुहाेस् ,कस्काे भाग्य कस्ताे छ ?

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

जेठ महिना समग्रमा सकारात्मक नै रहेको छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परीक्षा आदि प्र’तिस्पर्धामा उर्तिण हुनसकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ ।यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि वि’घ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

जेठ महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक सम्बन्ध क’सिलो हुनेछ । बिना प्र’तिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाहान लाभ हुने समय आएको छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो महिनामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानीपनि हुनेछ । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । महत्त्वकांक्षी योजना गो’प्य राखेर अघि बढ्नुहोला । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको ब’न्धन क’सिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग निलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो महिनामा लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्र’तिस्पर्धाहरूमा उर्तिण हुनसकिनेछ । वि’छोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जि’द्दीपनाले गर्दा काम बि’ग्रने ड’र छ । बाटो का’ट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हल्का गुलाबी वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो महिनामा सोचेको जस्तो सफलता अलि मिल्ने छैन । नयाँ कार्यको योजना भने बन्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन । यो महिनाको लागि शुभ अङ्क १,३ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो महिनामा प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । काम देखाएर अरुको मन जित्न सकिनेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि सं’घर्श गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसरपनि गु’म्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले चो’टपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक समस्यालेपनि सताउला । प्रेममा म’नमुटावका साथै मन कमजोर रहला । २२ गतेबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्र’तिस्पर्धामा उर्तिण हुनसकिनेछ । नयाँ योजनापनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा कतै निस्कनु अघि हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो महिनामा सामाजिक कार्यमा विशेष रुचि रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक र टेक्निकल व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । नाक तथा घाँटीमा समस्यापनि आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

जेठ महिनामा रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको यो पनि देखिन्छ नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेंलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो महिनामा तपाईंको राशिबाट पाँचौं भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । सन्तान सुखपनि मिल्नेछ । २० गतेबाट द’बाब र त’नाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बा’धा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा फुस्रो हो । कुनै शुभकर्म गर्नु पूर्व वि’घ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो महिनामा सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । प्र’तिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको ब’न्धन क’सिनेछ र रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग खरानी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि भैरवजीको दर्शनगरी आरम्भ गर्दा राम्रो हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो महिनामा मिश्रित फल मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । १७ गतेबाट कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्गे पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि दुर्गाजीको स्मरण गरी कार्य गर्नाले राम्रो हुन्छ ।

अन्त्यमा राशिफलमा जे जस्तो लेखिएता पनी भनिएता पनी हामी भाग्यमा भन्दा धैरे कर्ममा विश्वास गर्न जानियो भने पक्कै पनीत्यसको फलअवस्यपनी शुभ फलदायी नै हुन्छ भन्दै हजुरहरुको आजको यो महिना शुभ /मंगल रहोस। भवतु सब्ब मंगलम !

श्राेतः हाम्राे पात्राे डटकम

प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार १०:३०