पदयात्रामा हराएका दुई जना युवकको श’व भेट्टियो

२०७६ माघ १३ गते
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट ह’राएका दुई युवकको श’व सोमबार भेट्टिएको छ ।

गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते ह’राएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृ’त्यु भएको अवस्थामा भेट्टिएको हो

ह’राएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले श’व भेट्टाएको हो ।

ह’राएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन । उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको श’व ब’रामद गरेको हो ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १०:३९