स्वास्थ्य मन्त्रालयले त्रु’टि सच्यायो, को’रोना स’ङ्क्रमितको संख्या २५० नभएर २४५

काठमाण्डाै – नेपालमा को’रोना स’ङ्क्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

यसअघि स’ङ्क्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रु’टि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो ।

यसअघि स’ङ्क्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रु’टि सच्याएको हो ।

तर यो संख्या यसअघि नै अद्यावधिक भैसकेको छ । आज काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी दुई जनामा मात्रै स’ङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा स’ङ्क्रमितको संख्या २ सय ४५ पुगेको छ ।

प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार ०५:१०