को’रोनालाई जितेर घर फर्किइन् चितवनकी सं’क्रमित महिला

चितवन– को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन् । चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा सं’क्रमित भएका थिए ।

यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले सं’क्रमित महिलाको छैठौं र सातौं परीक्षणमा लगातार नेगेटिभ नतिजा आएकोआधारमा उनलाई निको भएको ठहर गर्दै अस्पतालले बिदा गरेको जानकारी दिए ।

यसअघि वैशाख १३ गते उनका छोरालाई सं’क्रमणपछि निको भएर अस्पतालले डिस्चार्ज गरेको थियो ।

प्रकाशित मिति ३१ बैशाख २०७७, बुधबार ११:०७