एकैदिन ५७ जनामा को’रोना पुष्टि, सं’क्रमितको संख्या १९१ पुग्यो

आज फेरि थप ५७ जनामा को’रोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा को’रोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ सं’क्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

योसँगै नेपालमा को’रोना सं’क्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन्

प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार ०७:४१