लकडाउनमा काठमाडौंको होटल, रेस्टुराँ, पसलमा चोरको  विगविगी

कोरोना भा’इरसको जो’खिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरी वृत्त बौद्धले चो’रीमा संलग्न ११ जनालाई प’क्राउ गरेको छ।
गत चैत ११ गतेदेखि लकडाउन सुरू भएको थियो। बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरूषलाई प’क्राउ गरी मु’द्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चो’री हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो।

उनले भने,‘गस्ती बढाएसँगै लकडाउनको बमौका छोपी चोरी गर्नेलाई प’क्राउ गरी अनुसन्धनपश्चात् का’नूनी का’रबाही अघि बढाइएको छौं। तीमध्ये कोही बालबालिका समेत रहेका छन्। कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौं। कोहीलाई सुधारगृह पठाएका छौं।’

प्रहरीले पसल चो’री गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौं बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी प’क्राउ गरेको थियो।

त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मु’द्दा दायर गरेको छ।

प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार ०९:४३