सल्टियो जानकी मन्दिरका ‘गुरु शिष्यको वि’वाद’

जनकपुरधाम : विश्वनै को’रोना म’हामारीसँग जुधिरहेको बेला हिन्दुधर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिरमा भने गुरु शिष्य वि’वादले उ’ग्र रुप लियो। लकडाउनले मन्दिरको ढोका बन्द भएपनि भित्रभित्रै महन्थ र उत्तराधिकारी महन्थ बीचको राजनीति भुसको आ’गो झैं चौतर्फी फैलियो।

मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आफ्ना सबैभन्दा नजिकका चेला र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवमाथि विभिन्न आ’रोप लगाएपछि मन्दिरको व्यवस्थापन माथिनै प्रश्न उठेको थियो।

महन्थ तपेश्वर दासले उत्तराधिकारी महन्थ रोशन आफ्नो मनमौजी मन्दिर सञ्चालन गरिरहेको आ’रोप लगाएका थिए। उनले विभिन्न उत्सवमा आउने सहयोग र चन्दाका विषयमा आफूलाई जानकारी नै नहुने गरेको बताएका थिए।

मन्दिरमा हुने विवाहपञ्चमी महोत्सव, जानकी नवमी र अन्य उत्सवहरुमा आफ्ना केही भारतीय चेलाले नै आर्थिक सहयोग गर्ने गरेको र अन्य सहयोग रकम कहाँ खर्च हुन्छ भन्ने आफूलाई थाहानै नरहेको आ’रोप तपेश्वर दासले लगाएका थिए।

जानकी नवमीका दिन (यही वैशाख १९ गते) मन्दिरमा शिष्य रामरोशनले महिलासँग नाचगान गराएको भन्दै महन्थ दासले आ’पत्ती जनाएका थिए। तर, गुरु शिष्य बिचको वि’वाद महन्थ तपेश्वर दासलेनै सल्टाएका छन्।

शनिबार सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै महन्थ दासले आफू विभिन्न विषयसँग रि’स उठेर शिष्य रामरोशनमाथि खनिएको बताएका छन्।

उनले जानकी नवमीका दिन लकडाउन भएको हुनाले मन्दिर भित्र भजन हुँदा आफूले आ’पत्ति जनाएको बताएका छन्। ‘मैले रि’स उठेर सञ्चारकर्मीलाई भजन किर्तनका विषयमा केही नराम्रो कुरा भने तर, यसप्रति म क्षमा चाहन्छु,’

महन्थ दासले आफूपछि मन्दिरको महन्थ रामरोशन दासनै हुने बताएका छन्। ‘यहाँ गुरुशिष्य परम्परा अनुसार महन्थ बन्दै आएका छन्। मेरा चेलामा उनी सबैभन्दा धेरै कर्मठ र योग्य भएकाले उनलेनै यो पद सम्हाल्छन्,’ महन्थ दासले भने। मनिका झा

प्रकाशित मिति २८ बैशाख २०७७, आईतवार १४:०७