सनी लियोनी भन्दा अगाडि  प्रियङ्का

मुम्बई – लकडाउनका कारण कुनै पनि फिल्म रिलिज भएका छैनन् । न त कुनै फिल्मका शूटिङ भइरहेका छन् । दर्शकले मनोरञ्जन क्षेत्रका कलाकारलाई बारम्बार सर्च गर्ने गर्छन् ।

हालै एक रि पोर्ट सार्वजनिक भएको छ । जसमा बलिउडमा सबैभन्दा सर्च गरिने सेलिब्रेटीको सूची छ रि’पोर्टका अनुसार गुगलमा सबैभन्दा खोजी गरिनेमा पहिलो नम्बरमा प्रियंका चोपडा रहेकी छिन् ।

पहिले सनी लियोनीलाई सबैभन्दा बढी खोजी गरिएको नतिजा सार्वजनिक भएको थियो । प्रियंकालाई ३९ लाखपटक खोजी गरिएको जनाइएको छ । यस्तै दोस्रो नम्बरमा सनी लियोनी छिन् ।

त्यसपछि दीपिका पादुकोण, आलिया भट्ट, दिशा पटानी, सारा अली खान, करीना कपूर खान, श्रद्धा कपूर र रश्मिकालाई खोजी गरिएको रि’पोर्टमा उल्लेख छ ।

उनलाई ३१ लाखपटक खोजी गरिएको रि’पोर्टमा उल्लेख छ । सनीले आफ्नो लूकका कारण धेरैलाई मोहित तुल्याउने गर्छिन् । धेरै खोजिने बलिउड अभिनेत्रीमा क्याटरीना कैफ छिन् ।

उनलाई १९ लाखपटक इन्टरनेटमा खोजिएको छ । त्यसपछि दीपिका पादुकोण, आलिया भट्ट, दिशा पटानी, सारा अली खान, करीना कपूर खान, श्रद्धा कपूर र रश्मिकालाई खोजी गरिएको रिपोर्टमा उल्लेख छ ।

पुरुष सेलिब्रेटीतर्फ सबैभन्दा धेरै खोजिनेमा सलमान खान छन् । उनलाई २१ लाखपटक खोजी गरिएको छ भने ऋतिक रोशनलाई १३ लाखपटक खोजिएको छ । यस्तै रोहित शर्मा, अल्लु अर्जुन, शाहरुख खान, टाइगर श्राफ र महेश बाबुलाई पनि इन्टरनेटमा सर्वाधिक खोजिएको छ ।

प्रकाशित मिति २८ बैशाख २०७७, आईतवार १४:२३