‘चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको दाबी ग-यो ।
आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा केही तस्विर राख्दै सिजिटिएनले लेखेको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), चीनको तिब्बत स्वायत्त प्रदेशमा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’
तर सामाजिक सञ्जालमा वि’रोध भएपछि सिजिटिएनले आफ्नो ट्वीटरमा सो ग’ल्ती सच्याएको छ ।
चीनले विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेशनका रुपमा प्रचार गरिरहेको छ । सगरमाथाको उत्तरी मोहडा चीनमा पर्छ । नेपालको सोलुखुम्बुमा पर्ने सगरमाथा विश्वभर प्रशिद्ध छ
सच्याइएको ट्वीटमा लेखिएको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), नेपाल–चीन सीमानामा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’ हेर्नुहोस ट्वीटर
In pictures📸: An extraordinary sun halo was spotted on May 1 in the skies over Mount #Qomolangma, the world's highest peak located on the China-Nepal border pic.twitter.com/TMEY5aT4yl
— CGTN (@CGTNOfficial) May 10, 2020
तर, नेपाली भूभागमा रहेको विश्वकै सर्वोच्च शिखरबारे गरिएको ग’म्भीर भुलका लागि सामान्य माफी समेत मागेको छैन ।
चाइना मोबाइल र हुवावे कम्पनीले यो स्टेशन निर्माण गरेका हुन् । ६ हजार ५ सय मिटरको उचाईमा निर्माण गरिएको यस स्टेशनलाई चीनले विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेशनका रुपमा प्रचार गरिरहेको छ । सगरमाथाको उत्तरी मोहडा चीनमा पर्छ । नेपालको सोलुखुम्बुमा पर्ने सगरमाथा विश्वभर प्रशिद्ध छ ।