को’राेनाको म’हामारी विचमा म्याग्दीमा थप २ जनामा डेंगुको सं’क्रमण, सं’क्रमित संख्या ९ पुग्यो

म्याग्दी – कोरोना भा’इरस स’ङ्क्रमण जो’खिमकाबीच म्याग्दीमा डेङ्गुको स’ङ्क्रमण पनि फैलिन थालेपछि मानिसहरू त्रसि’त बनेका छन् ।

म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु स’ङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु स’ङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ।

बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए ।

गत हप्ता पनि म्याग्दीमा दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् ।

शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले स’ङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।

गत वर्ष म्याग्दीमा १२ जनामा डे’ङ्गु र एक जनामा स्क्र’बटाइफस देखिएको थियो । डेङ्गु ज्वरो एडिस ए’जिप्टाइ जातको स’ङ्क्रमित पोथी लामखुट्टेको टो’काइबाट सर्ने स’रुवा रोग हो ।

प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार ०६:२८