सुहानाको आज जन्मदिन: कती लागिन ? हेर्नुहोस केही क्युट तस्बिरहरु

काठमाडौं – नायिका हुँदै निर्देशक बनेकी झरना थापा तथा निर्माता सुनील कुमार थापाकी छोरी सुहाना थापाको आज जन्मदिन परेको छ । आजबाट उनी २३ वर्षमा लागेकी छिन् ।

पहिलो फिल्म ‘ए मेरो हजुर ३’ बाट नै चर्चा कमाएकी यी अभिनेत्रीलाई फ्यान तथा सेलिब्रेटीले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्ममा डेब्यु गरेकी सुहानाले एउटै फिल्मबाट नै राम्रो चर्चा कमाएकी छिन् । अनमोल र सुहानाको अभिनय रहने ‘ए मेरो हजुर ४’ पनि रिलिजका लागि तयार हुँदैछ ।

लकडाउनका कारण अनमोल र सुहानाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । लकडाउन खुलेर अवस्थामा सामान्य हुनासाथ फिल्मको छायांकन थालिनेछ ।

कृष्ण भक्त सुहाना शाकाहारी हुन् । उनी कृष्ण भगवानमा विश्वास गर्छिन् । अमेरिकामा पढ्दै गर्दा नेपाल आएकी सुहानाले पहिलो फिल्मबाटै चर्चा कमाइन् ।

प्रकाशित मिति २६ बैशाख २०७७, शुक्रबार ०८:३५