सरकारको अपिल लकडाउनका बेला मदिरा नपिउनुस

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदिरा से’वनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य स’ङ्कटका समयमा मदिरा से’वन नगर्न अपिल गरिएको छ । म’दिरा सेवनबाट मुलुकका विभिन्न मागमा मानवीय क्ष’ति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जो’खिममा नपार्न पनि आग्रह गरिएको हो ।

मन्त्रालयमा आज (मंगलबार) आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रा’स गर्ने भन्दै यसले कोरोना स’ङ्क्रमणको थप जो’खिम बढ्ने बताए ।

‘म’दिराले हा’नी गर्छ, फाइदा गर्दैन, कोरोना भा’इरसलाई न’ष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुवै हिसाबले म’दिराको प्रयोग हा’नीकारक छ,’ उनले भने ।

प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गरे । ‘म’दिरा सेवनले कलेजोमा हा’नी गर्छ, त्यस्तै शरीरका अन्य अ’ङ्गमा पनि असर गर्छ, ज’टिल रोगको अवस्था निम्तन सक्छ र मृ’त्यु पनि हुन सक्छ,’ उनले भने ।

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०३:२१