नेताहरुबीच वि’वाद भएसँगै सचिवालय बैठक बीचमै छोडेर हिँडे प्रधानमन्त्री ओली

काठमाडौं- सत्तारुढ दल नेकपाको सचिवालय बैठक बीचमै छोडेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली बाहिरिएका छन् ।

बैठकमा नेताहरुबीच वि’वाद भएसँगै ओली बैठक छोडेर हिँडेका स्रोतको दाबी छ ।

बालुवाटार स्रोतका अनुसार सचिवालय बैठक चलिरहेको बेलामा वि’वाद भएपछि प्रधानमन्त्री ओली बैठक छोडेर हिँडेका थिए । उनी हिँडेपनि बैठक भने जारी रहेको छ । अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा वि’वाद भएको स्रोतको दाबी छ ।

‘बैठक शुरु भएको केही समयमा नै अध्यक्ष ओली हिँड्नु भयो’, स्रोतले भन्यो, स्थायी समिति बैठकका एजेण्डका विषयले दुई अध्यक्षबीच वि’वाद भएको थियो ।’

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वि’वादास्पद अध्ययादेश जारी गर्ने निर्णय गरेसँगै नेकपाको वि’वाद चुलिएको थियो ।

पार्टी फु’टाउने गरि अध्ययादेश ल्याउन खोजेको भन्दै वि’रोध भएको थियो । अर्का अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीलाई सरकारबाट बाहिरिन द’बाब दिइरहँदा ओलीले उपाध्यक्ष गौतमलाई आगामी प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

बुधवार अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सचिवालय बैठक शुरु भएको थियो ।

 

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार १२:४८