र’क्सी पसल खुलेपछि खरिद गर्नेको लाइन एक किलोमिटर परसम्म (भिडियो)

एजेन्सी। भारतमा पछिल्लो समय रक्सी पसलहरु खुल्न थालेका छन्। कोरोनाले कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउन थालिएको छ। यस्तोमा खाद्य सामग्री पाइने पसल, केही उद्योगहरु खुल्न थालेका छन्।

यसबीचमा भारतका सबै क्षेत्रका मदिरा पसलहरु भने खोल्न दिइएको भारतीय संचारमाध्यमले जनाएको छ। म’दिराजन्य पदार्थ खरिद गर्न पाइने भएपछि विभिन्न क्षेत्रमा र’क्सी खरिद गर्नेको भीड नै लागेको छ।

भारतीय संचारमाध्यममा दिल्ली, आन्ध्रप्रदेश, मध्यप्रदेश लगायतका क्षेत्रको तस्बिरहरु सार्वजनिक गरेको छ जहाँ मदिरा किन्नेहरुको भीड देखिएको छ।

म’दिराजन्य पदार्थ खरिद गर्न पाइने भएपछि विभिन्न क्षेत्रमा र’क्सी खरिद गर्नेको भीड नै लागेको छ।

समाचार संस्था एएनआईका अनुसार सोमबार दिल्लीमा रक्सी किन्न जानेको भीड अत्यधिक थियो। उनीहरुले शा’रीरिक दुरीको नियम पालना गरेका थिएनन्। त्यसकारण भीडलाई व्यवस्थित बनाउन प्रहरीले ला’ठी चा’र्ज गर्नुपरेको थियो।

एएनआईले आन्ध्रप्रदेशको एक भिडियो नै सार्वजनिक गरेको छ। जहाँ र’क्सी खरिद गर्न एक किलोमिटरसम्म मानिसहरु लाइनमा बसेको देखिएको छ। भिडियो:

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार ०५:१०