कोशी अस्पताल विराटनगरबाट कोरोना मुक्त भएपछि ६ जना डिस्चार्ज

विराटनगर – कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना सं’क्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग सं’क्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

डिस्चार्ज भएका उनीहरुलाई विराटनगरकै एक मस्जिदमा राख्ने तयारी गरिएको छ।

कोरोना मुक्त भएका ६ जनालाई आज विहान अस्पतालले डिस्चार्ज गरेको हो। सबै ६ जना भारतको दिल्लीका नागरिक हुन्। यस अघि उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए। डिस्चार्ज भएका उनीहरुलाई विराटनगरकै एक मस्जिदमा राख्ने तयारी गरिएको छ।

प्रकाशित मिति २४ बैशाख २०७७, बुधबार ०३:५९