कक्षा १ देखि ८ सम्म संस्कृत पढाइने ,अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको नासाको भनाई

नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । यो शैक्षिक सत्रका लागि कक्षा १ मा संस्कृत पढाउन पाठ्यपुस्तकसमेत तयार भएको छ ।

भाषा आयोगले जीवनपद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्न गरेको सिफारिसका आधारमा काम भएको केन्द्रको भाषा शाखाका निर्देशक टुकराज अधिकारीले बताए । आयोगले अन्य मातृभाषाका पाठ्क्रम पनि तयार पार्न केन्द्रलाई सिफारिस गरेको थियो । त्यसअनुसार अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारू, माझीलगायत मातृभाषाका पाठ्यक्रमका साथै कक्षा १ को पाठ्यपुस्तक पनि तयार पारेको छ ।

यसैगरी पाली र भोट भाषाको पनि पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पारी पठनपाठन गराउने गरी काम भइरहेको छ । भोट भाषामा विभिन्न गुम्बामा अध्ययन अध्यापन भइरहे पनि पाली भाषामा पहिलोपटक पठनपाठन गर्ने गरी काम भइरहेको हो ।

संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो । पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपुस्तक चालू शैक्षिक वर्षदेखि नै लागू गर्ने गरी तयार पारिएको हो । संस्कृतको पुस्तक सजिलोका लागि नेपाली र अङ्ग्रेजीमा पनि पुस्तक तयार पारिएको छ ।

वैज्ञानिक खोज अनुसन्धानमा सक्रिय अमेरिकी संस्था नासाले संस्कृत भाषामा कम्प्युटरको निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता बढ्न थालेको छ । सन् २०३० सम्म संस्कृत भाषामा कम्प्युटर ल्याउने गरी नासाले काम गरिरहेको छ । सन् २०३४ मा संस्कृत भाषामा प्रयोग गरिने कम्प्युटर बजारमा आइसक्ने छ ।

अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृतमात्र रहेछ भनी वैज्ञानिकको संस्था नासाले प्रमाणित गरिसकेकाले पनि विश्वमै संस्कृत भाषा पठनपाठनको क्रम बढ्न थालेको केन्द्रको भाषा शाखाप्रमुख निर्देशक अधिकारीले बताए । प्रविधिका माध्यमबाट अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको नासाको बुझाइ छ ।

नेपाली भाषा राम्रो बनाउन चाहनेका लागि पनि संस्कृत जान्नु आवश्यक हुने भएकाले समेत विद्यार्थीमा संस्कृत सिक्ने चाहना बढ्न थालेको छ । विसं २०५८ अघि साधारण माध्यमिक विद्यालयमा पनि कक्षा ८ सम्म सरल संस्कृत विषयको पठनपाठन गरिन्थ्यो ।

अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृतमात्र रहेको नासाले प्रमाणित गरीसकेको छ।

तत्कालीन सश’स्त्र यु’द्धरत नेकपा माओवादीले धेरै विद्यालयमा संस्कृतको पुस्तक जलाउँदै नपढाउन ध’म्की दिएपछि पठनपाठन स्थगित भएको थियो । त्यसबेला ५० पूर्णाङ्कको संस्कृत अध्यापन हुने गरेकामा यसपटक १०० पूर्णााङ्कको पाठ्यविषय तयार भएको छ ।

संस्कार, संस्कृति, नैतिकता, आचारवान् नागरिक तयार पार्न संस्कृत भाषा सहयोगी हुने भन्दै फाउन्डेशनको नेतृत्वमा अभियान चलेको छ । सरल संस्कृत भाषासँगै नैतिक शिक्षा विषयलाई पनि पाठ्यक्रमबाट हटाउँदा समाज वि’कृत बन्दै गएको यस क्षेत्रमा क्रियाशील अभियानकर्मीको भनाइ छ ।

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार २३:५७