नायिका स्वस्तिमा अव अमेरिकन फिल्ममा

नेपाली चलचित्र क्षेत्रमा ह’क्की, नि’र्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी छिन्, स्वस्तिमा खड्काले । वि’वादबाट पनि उनी सकेसम्म टाढै रहने गर्छिन् ।

उनी यस अर्थमा भाग्यमानी हुन् कि, एकपछि अर्को चलचित्रले उनलाई पच्छ्याइरहेकै छ । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि स्वस्तिमाले विश्राम लिनुपरेको छैन ।


स्वस्तिमाको अबको गन्तव्य भनेको अंग्रेजी भाषाको चलचित्रमा सोझिएको छ । उक्त चलचित्र अमेरिकन टोलीले निर्माण गर्नेछन् र मुख्य अभिनेत्रीको भूमिकामा स्वस्तिमालाई लिइएको छ । अभिनेताको रुपमा भने अमेरिकन कलाकार नै तय भएका छन् ।

स्वस्तिमा र चलचित्र युनिट बीच लिखित स’म्झौता पनि भइसकेको छ । निर्माण पक्षले नेपाल नै आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएको थियो । जसबाट स्वस्तिमा पक्का भएकी हुन् । अडिसन झण्डै २ महिना अगाडि भएको थियो ।

स्वस्तिमासँगै उक्त चलचित्रको लागि नेपालबाट अर्की एक नायिकाले पनि अभिनय गर्ने बुझिएको छ । तर, उक्त नायिकाको तय भइसकेको छैन ।

नाम सार्वजनिक नभएको उक्त चलचित्रको छायांकन जुलाईबाट सुरु गरिने तय भएको थियो । अब भने कोरोनाको त्रा’स सकिएपछि छायांकन सुरु हुने बुझिएको छ । चलचित्रकोल सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार ०८:१८