नेपालमा ७ जनामा कोरोना सं’क्रमण पुष्टि, सं’क्रमित संख्या ८२

काठमाडौं- नेपालमा कोरोना भा’इरस (कोभिड १९) सं’क्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै सं’क्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

सं’क्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति:

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार ०२:२७