लकडाउनबारे भोलिमात्रै निर्णय गर्ने

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ ।

सोमबार बसेको समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी सचिव नारायण विडारीले जानकारी दिए । यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समयावधि थपेको थियो ।

अझै वर्कआउट गर्नुपर्ने भएकाले आन्तरिक गृहकार्य जारी छ’,सचिव विडारीको भनाई छ । उनका अनुसार मंगलबार बस्ने समितिको बैठकले लकडाउनबारे भोलिको समितिको बैठकले मनित्रपरिषदलाई खाका पठाउने जानकारी दिए ।

प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार १२:१६