महाभारतको श्रीकृष्णले युद्ध गर्ने उपयुक्त ठाउँ यसरी खोजेका थिए

महाभारतको यु’द्ध एक युग स’माप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पा’प र अ’नाचारलाई ध्व’स्त पारेर धर्मको ध्वज लहराउनका लागि यु’द्ध अनिवार्य थियो ।

यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई स’माप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो । तर पाण्डवले धर्म न’ष्ट हुन्छ भनेर कौरवसँग यु’द्ध नगर्ने सम्भावना पनि प्रबल थियो ।

त्यसैले योगेश्वर कृष्णले यु’द्धका लागि त्यस्तो भूमि छान्नुभयो जहाँ क्रो’ध र द्वे’ष पर्याप्त होस् । महाभारत यु’द्ध हुने निश्चय भएपछि यु’द्धभूमि खोज्नका श्रीकृष्णले अनेकौं दूत चारैतिर दौडाउनुभयो । ती दूतहरू जहाँ जान्छन् त्यहाँको विशेष घटना के रहेछ बुझेर आफूलाई बताउन उहाँले लगाउनुभयो ।

कुरुक्षेत्र पुगेको दूतले सुनाएको वृत्तान्तका आधारमा भगवानले यु’द्ध भूमि निश्चित गर्नुभयो । के भने दूतले ? एकचोटि कुरुक्षेत्रमा घन’घोर वर्षा भइरहेको थियो ।

एक ठाउँमा ठूलो दाजुले आफ्नो सहोदर भाइलाई वर्षाबाट फसल जोगाउनका लागि आली बनाउन लगायो । भाइले त्यसो गर्न स्पष्ट रूपमा इ’न्कार गरेपछि दाइ रि’सले आ’गो भयो अनि भाइलाई छु’रा धँ’सेर मा’रिदियो । त्यसपछि उसले भाइको लाशको खुट्टा घिसारेर त्यही लाशकै आली बनाइदियो । यस्तो नृ’शंस ह’त्याको कथा सुनेर श्रीकृष्णले यो ठाउँ भाइहरूबीच यु’द्धका लागि उपयुक्त रहेको निश्चय गर्नुभयो ।

यहाँ पुग्दा मस्तिष्कमा जस्तो प्रभाव पर्छ त्यसले प्रेम र सन्धिवार्ता हुन दिँदैन भन्ने श्रीकृष्णलाई थाहा थियो । हुन पनि त्यही भयो । यो यु’द्धमा नातासम्बन्धका सबै सीमाहरू भत्काइए ।

पर्याप्त र’गत बग्यो यहाँ । त्यसैले शुभ अ’शुभ विचार वा कर्मको संस्कार भूमिमा समा’हित भएर बसेको हुन्छ । त्यसैले शुभ विचार राख्ने र शुभ कार्य गर्नाले भूमि, पर्यावरण र प्रकृतिमा त्यसको अ’सर पर्छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १६:१०