कपडा र जुत्ता धुँदा यी कुरामा ध्यान दिनुस् :सन्दर्भ कोरोना रोकथाम

 

तपाईंलाई थाहै होला कोरोनाभा’इरस (कोभिड–१९) रोकथामका लागि मास्क प्रयोग, सामाजिक दूरी कायम र निरन्तर हात धुन जरुरी छ । र, तपाईंले यसरी सरसफाईमा ध्यान दिँदा दिँदैंपनि आफ्नो कपडा र जुत्ताबारे कति ख्याल गर्नुभएको छ ?

कोभिड–१९ मानिसबाट मानिसमा स्वा’सप्रश्वाससम्बन्धी बाछिटा अर्थात् रुघाखोकी, थु’कमार्फत सर्नसक्छ । सं’क्रमण जीवित रहेको सतहमा छोएर त्यही हातले तपाईंको अनुहार छुँदा पनि भा’इरस सर्नसक्छ ।

केही सतहमा भा’इरस ९ दिनभन्दा बढी पनि बाँच्नसक्छन् । उदाहरणका लागि, अमेरिकी रोग तथा रोकथाम केन्द्र (सिडिसी) ले यात्रुहरु बाहिरिएको १७ दिनपछि पनि डाइमण्ड प्रिन्सेस क्रुज जहाजमा कोरोना भा’इरसको आरएनए जीवित रहेको भेटेको थियो ।

एकातर्फ, कपडामार्फत तपाईलाई भा’इरस सर्नसक्ने सम्भावना निकै कम रहेको मानिन्छ, विशेषगरी कपडामा भा’इरस बाँच्छ भन्ने कुनै प्रमाण भेटिएको छैन ।

अर्कातर्फ, यदि तपाईं स्वास्थकर्मी हुनुहुन्छ भने तपाईंले काम गर्दा प्रयोग गरेका कपडा वा जुत्ता सेनिटाइज्ड नभएसम्म घरबाहिरै छाड्नु सुरक्षित उपाय हुन्छ ।

यसबारे थप कुरा यसरी बुझाउन यस लेखमा सीडिसीबाट प्राप्त सूचना र अहिलेसम्म प्राप्त जानकारी समावेश गरिएको छ । नयाँ अ’नुसन्धान र विकासित घ’टनाक्रमअनुसार सिफारिस परिवर्तन हुनसक्छ ।

के घर फर्किएपछि कपडा धुनुपर्छ ?
जब तपाईं खाद्यान्न पसलबाट घर फर्कनुपर्छ, तब तपाईंले कपडा परिवर्तन गर्नुपर्दैन – यदि तपाईंले अन्य व्यक्तिसँग त्यस पसलमा ६ फुटको दुरी कायम गर्नुभएको छ भने । तर तपाईंले हात भने धुनुपर्छ ।
सीडिसीले तपाईलाई फोहोर कपडा धुने क्रममा त्यसलाई सुकाउने बेला नहल्लाउन सिफारिस गर्छ किनकी यसो गर्दा कोरोना भा’इरस फेरि हावामा फैलने भ’य हुन्छ ।

यद्यपी, त्यही बेला कपडामा सं’क्रमण छ भन्ने कुनै ग्यारेन्टी भने हुन्न । हावामा फैलिएका निकै साना कणबाट भा’इरसको सं’क्रमण फैलनसक्छ वा फैलदैन भन्ने विषयमा अनुसन्धानकर्ताहरु अहिले पनि अध्ययनमै छन् । याद गर्नुस्, सबैभन्दा ठूलो सं’क्रमण मानिसबाट मानिसमा नै सर्ने संभावना छ ।

के जुत्ता बाहिरै राख्नुपर्छ
उहानस्थित अस्पतालमा सिडिसीले गरेको नयाँ अध्ययनले जुत्ताको सोलमा भा’इरस बाँच्नसक्ने देखाएको छ ।

क्लिभल्यान्ड क्लिनिकका अनुसार तपाईंको जुत्तामा भा’इरस बाँच्नसक्ने सम्भावना भएपनि भा’इरस रहेकै क्षेत्रमा तपाईंले प्रत्यक्ष छोएर र त्यही हातले आफ्नो अनुहार नछोएसम्म तपाईंमा सं’क्रमण सर्नसक्ने सम्भावना निकै कम हुन्छ ।

कोरोना भा’इरसको सं’क्रमण रहेको कुनै सतहमा तपाईंले छुनुभयो भन्ने लाग्छ भने घरभित्र छिर्नुअघि जुत्ता फुकाल्नुस् र तपाईंको हात तत्कालै धुनुहोस् । जुत्तालाई घरभित्र ल्याउनुअघि ‘डिस्इन्फेक्टेन्ट’ (कि’टाणु मा’र्ने, सेनिटाइजर छर्ने वा अन्य उपाय) गर्नुहोस् ।

लुगा धुँदा
कपडा, टावेल वा अन्य वस्तु धुदाँ गरम पानी र सुख्खा वस्तुको पूर्ण प्रयोग गर्न सिडिसीले सिफारिस गर्छ । तर, तपाईंले प्रयोग गर्ने साबुन वा डिटरजेन्टले पनि भा’इरस मा’र्ने भएकाले तातो पानी धुन नमिल्ने कपडाका लागि चिसो पानी प्रयोग गर्दा पनि हुन्छ । यद्यपी, बिरामी व्यक्तिको कपडा धुँदा डि’स्पोजेवल पञ्जा प्रयोग गर्न जरुरी छ । फोहोर कपडालाई सुकाउने क्रममा नहल्लाउन भनिएको छ । कपडा धोइसकेपछि पञ्जा खोलेर सही तरिकाले हात धुनुहोस् ।

यदि अझै पनि तपाईंलाई कपडा धुदाँ पनि भा’इरस बाच्ला भन्ने चिन्ता छ भने तपाईंले अर्को उपाय पनि अपनाउन सक्नुहुन्छ । धेरै दिनसम्मका लागि तपाईंले यसलाई कुनै ब्यागमा अलग्गै राक्न सक्नुहुन्छ, जसले भा’इरस प्राकृतिक रुपमै म’र्छ ।

प्रकाशित मिति २१ बैशाख २०७७, आईतवार १२:३०