सोलुखुम्बुमा एकै गाउँका ४० बढी बि’रामी भेटिए

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बि’रामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए ।

वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै परिवारका चारजनासम्म बि’रामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्या’ब परीक्षणबाट एकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।

‘साविक वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ,’ अध्यक्ष बाँस्तोलाले भने, ‘हिजोमात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बि’रामीको सङ्ख्या बढिरहेको पाइयो ।

’ एक हप्तादेखि बि’रामीको सङ्ख्या अ’प्रत्यासितरुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । स’रुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फो’हर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ ।

जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । उक्त टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दू’षित भएकाले नै बि’रामी परेको हुन सक्ने अनुमान गरिएको छ ।

त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फो’हर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ । तीनवटै मुहानको पानी प’रीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताए ।

प्रकाशित मिति २० बैशाख २०७७, शनिबार ०९:०३