सुखद खबर: आफै टालियो ओजोन तहको प्वाल

काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो ।

मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो ।

तर अप्रिल २३ मा एउटा सुखद खबर आयो । कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले एक ट्वीट गर्दै आर्किटकको आकाशमा देखिएको ओजनको प्वाल बन्द भएको घोषणा गर्‍यो ।

ओजन प्वाल आफैं टालिनुमा को’रोना म’हामारीका कारण भैरहेको लकडाउनबाट प्रदूषण घट्नुसँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ ।

अक्सिजनको ३ अणुबाट वनेको पदार्थलाई ओजोन भनिन्छ । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिटमाथि स्थायी रूपमा तह बनेर बसेको हुन्छ यसलाई ओजोन तह भनिन्छ।

पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रशायनबाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ यसले सूर्यबाट आउने मध्ये हा’निकारक प’रावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ।

उत्तरी ध्रुव माथिको आकाशमा देखिएको ओजनको विशाल प्वाल असामान्य मौसमको नतिजा भएको वैज्ञानिकहरुको ठहर छ ।
ध्रुवीय क्षेत्रको अत्यन्तै ठण्डा हावामा जब तीव्र गतिको हावा फस्दछ त्यसबाट सिर्जना हुने हुण्डरीले वायुमण्डलमा तीव्र द’बाब पैदा गर्दछ । वैज्ञानिक भाषामा त्यसलाई पोलार भर्टेक्स भनिन्छ ।

उक्त हावाको द’बाब यति तीव्र हुन्छ कि त्यसले समताप मण्डलको ओजन तहमा समेत प्वाल पारिदिन्छ । वैज्ञानिकहरुका अनुसार उत्तरी ध्रुवमा देखिएको असामान्य मौसम सामान्यीकरण भएसँगै ओजन तहमा परेको प्वालसमेत आफैं टालिएको हो ।

उत्तरी ध्रुवको आकाशमा देखिएको ओजन प्वाल आफैं टालिनुमा कोरोना म’हामारीका कारण भैरहेको लकडाउनबाट प्रदूषण घट्नुसँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति २० बैशाख २०७७, शनिबार ०५:१४