लकडाउनकै बेला अनु शाहले यसरी खुलाइन  सबिन सँगको प्रेम सम्बन्ध

काठमाडौँ । अभिनेत्री अनु शाह र अभिनेता सबिन श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । यो फिल्म क्षेत्रका नलुकेको विषय हो । उनीहरूले भने प्रेम सधैँ लुकाउँदै आएका थिए । पछिल्लो समय भने उनीहरूले प्रेम देखाउन थालेका छन् । यस्तै लकडाउनको समयमा पनि अभिनेत्री अनु शाहले सामाजिक सञ्जाल मार्फत सबिनको प्रेम बाहिर ल्याएकी छन् ।

अनुले सबिनसँगको भिडियो कलको तस्बिर सार्वजनिक गर्दै सबिनसँगको प्रेम बाहिर ल्याएकी हुन् ।

अनुले सबिनसँगको भिडियो कलको तस्बिर सार्वजनिक गर्दै सबिनसँगको प्रेम बाहिर ल्याएकी हुन् । लकडाउनका कारण घरमा परिवारसँग रहेकी अनुले उक्त तस्बिरका साथ सबिनलाई मिस गरेको समेत उल्लेख गरेकी छन् । अनु र सबिनले एकसाथ चलचित्र पनि अभिनय गरेका छन् ।

अनु चलचित्र भन्दा म्युजिक भिडियो देखिने अभिनेत्री हुन् भने सबिनको पनि पछिल्लो समय फिल्ममा कमी आएको छ ।

प्रकाशित मिति २० बैशाख २०७७, शनिबार ०३:११