ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर ज’लेर नष्ट

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आ’गो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ ।

गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आ’गो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर ज’लेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर न’ष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आ’गलागी सुरु भएको थियो ।

आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साढे ७ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पूर्णरुपमा निभाउन भने विहान साढे ५ बजेसम्म लागेको थियो ।

आ’गलागीको कारण भने खुलेको छैन । आ’गलागीबाट भएको क्ष’तिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २० बैशाख २०७७, शनिबार ०२:०४