रामायणका १४ अनमोल वचन जो हाम्रो जीवन बदलिन सक्छ

सर्वप्रथम रामायणका रचयिता महर्षि वाल्मीकिले भगवान श्रीराम र सीताको जीवनीलाई ग्रन्थको रुप दिएका थिए ।

वाल्मीकिले रामायणमा हरेक प्रसंगमा मानिसलाई सत्मार्गमा हिड्न प्रेरित गरेको पाइन्छ । रामको जीवनलाई आर्दश मानेर रामपथमा हिड्दा सदैव धर्म प्राप्त हुने मान्यता छ ।

पावन ग्रन्थ रामायणमा प्रेम, त्याग, तपस्या र भावनाको मेल पाइन्छ । त्यहि रामायणका रचयिताका वाल्मीकीले केहि अनमोल वचनहरु समेत समावेश गरेका छन् । जसको नेपाली रुपान्तरण यस प्रकारको छ ।

१. जननी र जन्मभूमि स्वर्ग भन्दा महान हुन्छन् ।
२. दुखः र वि’पद् जीवनका यस्ता दुई पाहुना हुन्, जो बिना निमन्त्रणा आउने गर्दछन् ।
३. प्रण तोडेमा पुण्य न’ष्ट भएर जान्छ ।
४. मातापिताको सेवा र उनको आज्ञाको पालना गर्नुजस्तो अर्को कुनै धर्म छैन ।

५. जीवनमा सदैव सुख मात्र प्राप्त हुनु दुर्लभ छ ।
६. यस दुनियामा कुनै पनि कुरा दुर्लभ छैन यदि उत्साहको साथ छोडिएन भने ।
७. मायाको पनि दुई भेद हुन्छ अविद्या र विद्या ।
८. अहंकार मनुष्यको सबैभन्दा ठुलो दु’श्मन हो । जसले सुनको हारलाई समेत माटो बनाइदिन्छ ।

९. प्रियजनलाई पनि मोहवश अत्यधिक प्रेम गरेमा यश गुम्ने गर्दछ ।
१०. अति सं’घर्षले चन्दनबाट पनि आ’गो उत्पन्न गराउँछ, सोहि प्रकार अधिक अवज्ञा गरिँदा ज्ञानीका हृदयमा पनि क्रोध उत्पन्न हुन्छ ।
११. सन्त अरुलाई दुखबाट बचाउन क’ष्ट सहने गर्दछन्, दु’ष्टहरु अरुलाई दुखमा पार्न जिउने गर्दछन् ।

१२. नी’चको नम्रता अत्यन्त दुखदायी हुन्छ ।
१३. अंकुश, धनुष, सर्प र बिरालोले मात्र झुकेर आक्रमण गर्दछन् ।
१४. संसारमा यस्ता मानिस कमै हुन्छन्, जो क’ठोर तर हितका कुरा गर्दछन् ।


पावन ग्रन्थ रामायणमा प्रेम, त्याग, तपस्या र भावनाको मेल पाइन्छ । त्यहि रामायणका रचयिताका वाल्मीकीले केहि अनमोल वचनहरु समेत समावेश गरेका छन् । जसमध्ये केही १४ अनमोल वचनहरु माथी प्रस्तुत गरीसकेका छौ ।

प्रकाशित मिति २० बैशाख २०७७, शनिबार ००:००