यसरी बनाउनुस् लोभलाग्दो फि’गर ताकि,हिड्ने मान्छे टक्क रोकिएरै हेर्नेछन तपाईलाई!

यो कुरामा कुनै दुई मत नै छैन कि हामीहरु कतै हिड्दा डुल्दा धुम्ने क्रममा टक्क एकैछिन रोकिएर हामितिर हेरोस र वाणी अर्थात मुखले हाम्रो फि’गर को बारेमा २/४ शब्दले प्रसंशा गरीदियोस् । यदि तपाईहरुले यस्तो मिठो कल्पना गरिबस्नुभएको छ भने अब कल्पना र सपना मा मात्र रम्ने दिन गए ।

किनकि हामीले कल्पनाअनुरुपनै त्यस्तो फि’गर बनाउन सक्छौ र फि’गर राम्रो होस् भन्ने कसको चाह हुँदैन र ? यसका लागि मानिसहरू व्यायाम, योग र अन्य धेरै उपाय अपनाउँछन् । तर सबैले पर्फेक्ट शेप पाउन सक्दैनन् ।
हदभन्दा बढी डाइटिङ वा व्यायाम पनि शरीरका लागि हानिकारक हुन्छ ।

यहाँ हामी केही यस्ता टिप्स बताउँदैछौं जसले तपाईंको शरीरलाई पर्फेक्ट बनाइदिन्छ ।

१-बिहान उठेर सबभन्दम पहिले मनतातो पानी पिउने बानी बनाउनुस् ।
२-व्यायाम गरेपछि स्वस्थ ब्रेकफास्ट लिनुस् जसमा प्रोटीन, कार्बोहाइड्रेट र मिनरलहरू हुन् ।

३-लन्चमा सूप पिउनुस् र खाना खानुभन्दा कम्तीमा एक घन्टाअघि र पछि पानी पिउनुस्

 

४-सफ्ट ड्रिंकले क्यालोरी बढाउँछ । यसको सेवन नगर्नुस् ।
५-बीचबीचमा यसो चना वा काजुबदाम खानुस् । यसले गर्दा कम भोक लाग्छ ।
६-अत्यधिक पानी पिउनुस् । स्वास्थ्यका लागि पानी राम्रो पदार्थ हो ।

७-टीभी हेर्दै वा गफ गर्दै खाना नखानुस् ।
८-आहारमा फलफूल पनि समावेश गर्नुस् । यसबाट शरीरले आवश्यक न्युट्रिएन्ट पाउँछ

९-धेरै मसला भएका वा प्याकेटमा राखिएका खानेकुरा नखानुस् । सकेसम्म बाहिरको खाना नखानुस् ।

१०-दिनमा एकचोटि ग्रीन टी पिउनुस् । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई लाभ दिन्छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार १४:०२