यो बर्ष ‘छक्का पन्जा ४’ नबन्ने, सट्टामा नयाँ टिमसंग काम गर्ने:दिपकराज

यो बर्षको दशैंलाई रिलिज मिति तय गरिएको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिजको निर्माण तत्कालका लागि स्थगित गरिएको छ । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले यो कुराको पुष्टी गरेका छन ।

उनले भने–‘हो, हामीले छक्का पन्जा ४ यो बर्ष नबनाउने निर्णय गरेका छौँ । अहिले हामी नयाँ टिमको कथा सुनिरहेका छौँ । सायद, अब नयाँ टिमसँग सहकार्य गरेर चलचित्र बन्छ ।‘ दीपकका अनुसार कोरोना भा’इरसको कारण विश्वको बजार नै कमजोर भएकाले पनि ‘छक्का पन्जा ४’ निर्माणको काम स्थगित गरिएको हो ।

उनले भने–‘छक्का पन्जा ४ को कथा ठूलो क्यानभासमा निर्माण गर्नुपर्ने हुन्छ । यसपटक ३ करोड हारहारीको लगानी छ । त्यसैले पनि ओभरसिज र नेपालकै बजार पनि कमजोर भएको अवस्थामा चलचित्र बनाउने निर्णय सही हुने देखेनौँ ।’

 कोरोना भा’इरसको कारण विश्वको बजार नै कमजोर भएकाले पनि ‘छक्का पन्जा ४’ निर्माणको काम स्थगित गरिएको हो ।

उनका अनुसार, यो बर्षको अन्तिम साता रिलिज गर्ने तयारीका साथ नयाँ कथामा चलचित्र बनाउने तयारी सुरु भएको छ । यसका लागि, दीपकको टिमले कथा सुन्न थालेको छ ।

 

प्रकाशित मिति १९ बैशाख २०७७, शुक्रबार ०८:०६