रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन यस्तो थियो पहीलो गित..

काठमाडौं- रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा निधन भएको छ।

अधिकारीको बिहीबार काठमाडौंमा निधन भएको उनको पारिवारले जनाएको छ। उन पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दा’ह सं’स्कार गरिएको छ ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रा’न्तिका गीत गाएकी थिइन्।

उनलाई सास फेर्न क’ठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उनका दुई छोरी र एक छोरा छन्।
यस्तो थियो पहिलो गित

नेपाली नेपाली …
अघि बढौं हातमा क्रान्ति झण्डा लिई
क्रान्ति झण्डा लिई
नेपाली …
हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई
सब मिली उद्धार गरौं हाम्रो नेपाललाई
पछि नसरौं अबदेखि दुःख परे पनि
पछि नसरौं अबदेखि दुःख परे पनि
नेपाली
अघि बढौं हातमा क्रान्ति झण्डा लिई
क्रान्ति झण्डा लिई

प्रकाशित मिति १९ बैशाख २०७७, शुक्रबार ०३:४२