कोरोना भा’इरस चीनको ऊहानस्थित एक प्रयोगशालाबाट सुरु भयोः ट्रम्प

एकातिर अमेरिकी गु’प्तचर एजेन्सीले कोरोनाभा’इरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भा’इरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् ।

बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोना भा’इरस ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ? के तपाईंसँग यसको प्रमाण छ ?’

यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, मसँग छ । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा ला ज लाग्नुपर्ने हो । डब्ल्यूएचओ चीनको जनस’म्पर्कको रुपमा काम गरिरहेको छ ।’

चीनभरी मानिसहरुको आवतजावतमा प्र’तिबन्ध थियो तर संसारभरी यात्रा गर्न कसैलाई पनि केही प्र’तिबन्ध थिएन

ट्रम्पले भने, ‘तर मलाई चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो । मानिसहरुलाई हुबेईबाट चीनको अन्य स्थानमा जान रो’क लगाइएको थियो तर संसारभरी यात्रा गर्न भने छुट थियो । म यस्तो कुरा बुझ्दिनँ । चीनभरी मानिसहरुको आवतजावतमा प्र’तिबन्ध थियो तर संसारभरी यात्रा गर्न कसैलाई पनि केही प्र’तिबन्ध थिएन । जे भयो त्यो निकै खराब भयो । यो निकै क’ठिन प्रश्न हो र यसको जवाफ भेटिन बाँकी नै छ ।’

कोरोना भा’इरसकाकारण संसारभरी हालसम्म ३३ लाख बढी व्यक्ति सं’क्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ ।

स्रोतः बीबीसी

प्रकाशित मिति १९ बैशाख २०७७, शुक्रबार ०२:३०