छोराको मुख त हेर्न पाइएन, घरसम्म पुग्न पाए हुन्थ्यो’ एक दुखद सत्य घ’टना

नयाँदिल्ली — बाँकेको कोहलपुरका शंकर कुँवर मजदुरीका लागि चार महिनाअघि भारत, हिमाचलको सिरमोर आइपुगे । सल्यानका एक ठेकेदारले उनलाई खयरका रूख का’ट्नुपर्ने र दैनिक ज्याला कम्तीमा एक हजार भारु पाइने लो’भ देखाएका थिए । अरू चार जनालाई पनि यसै भनेर फोन गरेका थिए ।

यसअघि कुवेत र मलेसियामा पसिना चुहाएर आएका शंकरलाई प्रस्ताव राम्रै लाग्यो। सिरमोरको टिम्बी पुगेपछि उनीहरूलाई भारतीय ठेकेदारको जिम्मा लगाइयो। तर, नेपाली ठेकेदारले चुर्लुम्मै डुबाएछन् । काम भनिएभन्दा निकै गाह्रो, ज्याला भने कम। खयरको रूख जरैदेखि का’टेर बोक्रा ताछी बचेको भाग लोड गर्नुपर्ने। ज्याला दिनको जम्मा तीन सय भारु। उनीहरूले ठेकेदारसँग च’र्काचर्की गरे।ठेकेदारले उल्टै ध’म्की दिए– काम गर्ने भए गर, नभए जाऊ।

करिब दुई महिनापछि काम छाडे।त्यसबीच सँगै गएका एक साथी निकै बिरामी परे। सबैले आफूसँग भएको पैसा खर्चेर उनलाई नेपाल पठाए। अब उनीहरू आफैंलाई खानबस्नकै समस्या पर्न थाल्यो

ठेकेदारसँग पहिलेकै ज्याला लिन बाँकी थियो। तर उनी कहिले नेपाली ठेकेदारलाई सोध्नुपर्ने त कहिले पछि दिउँला भन्दै ब’हाना बनाउँथे;। हुँदाहुँदै एक दिन तिमीहरूको पैसा नेपाली ठेकेदारले लगिसक्यो भन्दै पन्छिए। उनीहरूले तत्काल नेपाली ठेकेदारलाई फोन लगाए। जवाफ आयो, ‘तिमीहरूको बाउले दिएको छ मलाई राख्न?

यही त’नाबकै बीच अचानक ‘लकडाउन’ भइदियो।। घर फर्कने उपाय पनि रहेन। ‘अब त भोकै म’रिने हो कि भन्ने पो चिन्ता हुन थाल्यो,’ सँगै रहेका हरि वैरागीले भने।। केही नलागेपछि ज्या’ला नदिए पनि कम्तीमा घर जाने व्यवस्था मिलाइदिन आग्रह गरे, ठेकेदारले सुनेनन्।

उनीहरू हिँडेर जान नखोजेका होइनन्;। तर, कोहलपुरसम्मको ७ सय किमि पार गर्न अलिअलि खर्च त जुटाउनै पर्‍यो;। फेरि कामको खोजीमा लागे;। बल्लतल्ल हरियो केराउ छोडाउने काम पाए, ज्याला दिनको दुई सय भारु। ‘बाटो खर्च जुटाउन त्यो पनि गर्नैपर्ने थियो,’ शंकरले भने;। छटपटीसँगै कारोना सल्कने हो कि भन्ने त्रा’स पनि उत्तिकै थियो।

कुनै अ’निष्टको संकेतजस्ता नभन्दै छोराले सुनाए, ‘बुबा भाइ त पानीमा डु’ब्यो। शंकरलाई आकाश खसेजस्तो भइहाल्यो।

शंकरले अघिल्लो बिहीबार बिहान नौ बजेतिर परिवारसँग एक घण्टा कुरा गरे। छोराहरू सुरेश र नरेशलाई घरबाहिर ननिस्किनू भनेर सम्झाए। तर त्यसको केही घण्टाभित्रै जेठो छोराको फोन आयो। शंकरको मनमा चिसो पस्यो, कुनै अ’निष्टको संकेतजस्ता नभन्दै छोराले सुनाए, ‘बुबा भाइ त पानीमा डु’ब्यो। शंकरलाई आकाश खसेजस्तो भइहाल्यो।

कान्छा छोरा नरेश बिहान खाना खाएर साथीहरूसँग बाख्रा चराउन गएछन्त्य।हीँ उनीहरू दहमा पौडी खेल्न थाले । औद्योगिक क्षेत्रले माटो निकालेर छाडेको खाल्डोको गहिराइ उनीहरूलाई अन्दाजै थिएन।तीनै जनाको डुबेर मृ’त्यु भयो।

दश वर्षीय नरेशले बिहान मात्र बाबुसँग लाडिएर कुरा गरेका थिए। त्यही आवाज अहिले पनि शंकरको कानमा गुन्जिरहन्छ।त्यसै पनि परदेशमा क’ष्ट भोगिरहेका बेला यो भन्दा ठूलो चो’ट हुन सक्छ उनले भने। नरेशले बुबालाई चाँडै आउन र हाते घडी ल्याइदिन भनेका रहेछन्। ‘बुबा स्कुल जाँदा समय हेर्नुपर्छ घडी ल्याइदिनू है भनेको थियो,’ शंकरले गला अ’वरुद्ध पार्दै भने।( ekantipur)

प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार ०८:५५