सन् २०२१ का लागि गत अक्टोबरमा भरिएको इडीभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म इडीभीको आवेदन खुलेको थियो ।
कोरोना भा’इरसको म’हामारीले विश्व आ’क्रान्त भइरहँदा सं’क्रमण न्यूनिकरणका लागि लड्नुपरेकाले तत्काललाई इडीभीको नतिजा स्थगित गरिएको जनाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार इडीभी लोटरीको नतिजा अब जुन ६ मा मात्र सार्वजनिक गरिने छ ।
यसअघि मे ५ मा इडीभी लोटरीको नतिजा सार्वजनिक हुने तय भएकोमा उक्त मितिमा लोटरीको नतिजा नआउने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार इडीभी लोटरीको नतिजा अब जुन ६ मा मात्र सार्वजनिक गरिने छ ।
इडीभी लोटरीको नतिजा आउनमा ढिलो भएपनि इडीभी परेकाहरुको अन्तरवार्ता भने अक्टोबर १ देखि नै सुरु हुने बताइएको छ ।