थप तीन जनामा कोरोना सं’क्रमणको पुष्टि,सं’क्रमितको संख्या ५७

वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भा’इरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना सं’क्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए ।

योसँगै नेपालमा कोरोना सं’क्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।

प्रकाशित मिति १७ बैशाख २०७७, बुधबार ०६:०२