पोखरा आउदै गरेको जीप दु’र्घटना हुँदा एकको मृ’त्यु, ६ घाइते

तनहुँ। तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा आज साँझ जीप दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । जीप दुर्घटनामा छ जना घा’इते भएका छन् ।

नवलपुरको डेढगाउँबाट पोखरातर्फ आउदै गरेको ग १ ज ७५०२ नं को जीप अ’नियन्त्रित भई सडकबाट २ सय मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

जीप अ’नियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो।

पोखरेलको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति १६ बैशाख २०७७, मंगलवार १०:५४