यो हप्ता पृथ्वी नजिकै आउने क्षुद्रग्रहबाट कति छ ख’तरा ? यसो भन्छ नासो, हेर्नुहाेस

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अप्रिल २९ तारिखसम्म पृथ्वी नजिकै क्षुद्रग्रह ग्रह आउने बताएको छ। यो हप्तामा अन्तरिक्षमा नयाँ घ’टनाक्रम देख्न पाइने नासाले बताएको छ। यो पिण्ड यदि अनपेक्षितरुपमा पृथ्वीतिर ठो’क्किए ठूलो दु’र्घटना हुनसक्ने एकथरी वैज्ञानिकको चिन्ता छ।

क्षुद्रग्रह बारे नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो)ले भने पृथ्वीलाई कुनै किसिमको ख’तरा नरहेको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै नासोलेपृथ्वीदेखी नजिकै आउने बताइएको पिण्डबारे त्र’सित नहुन आग्रह गरेको छ।

अप्रिल २९ तारिख (वैशाख १७) गते के हुँदैछ ? यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ। पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ। के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि ख’तरा छ त? यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम ‘५२७६८’ हो।

विज्ञप्ति जारी गर्दै नासोलेपृथ्वीदेखी नजिकै आउने बताइएको पिण्डबारे त्र’सित नहुन आग्रह गरेको छ।

कुनै पनि क्षुद्रग्रहलाई हामीले र खगोलवैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। यो क्षुद्रग्रहको अस्थायी नाम ”१९९८ ओ.आर. २’ हो भने स्थायी नाम ‘५२७६८’ हो। विगत् तीन दशकभन्दा बढि समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै ख’तरा छैन। त्यसैले हाल कोहि पनि त्र’सित हुनुपर्ने अवस्था होइन।

के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भईरहेको छ?

सन् २०१७ देखि हामीले नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीहरुले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाई सुकेको छ। उक्त क्षुद्रग्रह एस. ओ. एस. सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो। यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्।

के यो क्षुद्रग्रहलाई वैशाख १७ गते रअप्रिल २९ तारिखका दिन नेपाली आकासमा ना’ङ्गो आँखाले देख्न सकिन्छ? हालैको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ। सुरुमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो वेधशाला ले अप्रिल १८, २०२० मा लिएको रडार तस्विरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ।

त्यसैले नजिक आउँदा पृथ्वी-चन्द्रमाको दुरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत् अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकोले नाङ्गो आँखाले यसलाई देख्न सकिदैन। यसलाई अबलोकन गर्न ठुलै खालको टेलिस्कोप आवश्यक पर्छ।

प्रकाशित मिति १६ बैशाख २०७७, मंगलवार ०९:४०