नेपाललाई ईयू ले झन्डै १० अर्ब सहयोग गर्ने कोरोना भा’इरस रोकथामका लागि

काठमाडौँ — कोरोना भा’इरस (कोभिड–१९) वि’रुद्ध ल’ड्न र यसको नियन्त्रण गर्न युरोपेली युनियन (ईयू) ले नेपाललाई झन्डै १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालस्थित ईयू कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ईयूले ७५ मिलियन युरो अर्थात् करिब ९ अर्ब ९० करोड ८१ लाख ५० हजार रुपैयाँ सहयोग नेपाललाई दिन लागेको हो ।

ईयूले दिन लागेको उक्त सहयोगमा ५५ मिलियन युरो अर्थात् करिब ७ अर्ब २६ करोड ८३ लाख ८७ हजार रुपैया“ पहिले नै सहयोगको लागि प्रतिबद्धता गरेको रकमबाट कोरोना भा’इरस रोकथाम र नियन्त्रणलाई गर्न दिन लागेको हो । यस्तै, २० मिलियन युरो अर्थात् करिब २ अर्ब ६४ करोड ३४ लाख ७९ हजार भने ईयूले सहयोगको रुपमा नया“ प्रतिबद्धता गरेको हो ।

विज्ञप्तिअनुसार ईयूले झन्डै १५ अर्ब रुपैया“ विश्व स्वास्थ्य संगठनलाई कोरोना भा’इरस रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको छ । उक्त सहयोग कमजोरमा अवस्थामा रहेका र स्वास्थ्य प्रणाली खराब भएका मुलुकहरुका लागि हो ती मुलुकहरुमध्ये नेपाल एक हो ।

प्रकाशित मिति १६ बैशाख २०७७, मंगलवार ०६:४१