लकडाउनमा ‘लुडो’ खेल, हारको रि’समा पतिले भाँचे पत्नीको ढाडका हड्डी

कोरोनाको नियन्त्रण र रोकथामका लागि यबितेला विश्वभर लकडाउन जारी रहेका छन्।लकडाउनले गर्दा मानिसहरु घरमै बस्न बा’ध्य भएका छन्। समय कटाउन मानिसहरु घरभित्रै विभिन्न खेलहरु खेल्ने गरिरहेका छन्। अहिले अनलाइनमै पनि बढी नै खेल खेल्न थालिएको छ। तर भारतको गुजरात राज्यको बडोदरामा लुडो एउटा परिवारको क’लहका कारण बनेको छ।

अनलाइन लुडोमा एक परिवारकी महिलाले आफ्नो पतिलाई हराउँदा दुवैबीच झ’गडा भएको थियो। झ’गडा यतिसम्म अगाडि बढेको थियो कि पतिले नि’र्घात कु’टेर पत्नीको ढाडको हड्डी नै भाँ’चिदिएका छन्। भारतको १८१ अभयम हेल्पलाइन नम्बरमा आएको गु’नासोपछि घ’टनाका बारेमा जानकारी पाइएको थियो।

पत्नीले आफ्ना पतिलाई लगातार तीनदेखि चार राउन्डसम्म हराएकी थिइन्। पटकपटक हारेपछि पति आफ्नी पत्नीदेखि रि’साएका थिए र उनले झ’गडा गर्न सुरु गरेका थिए।

काउन्सलरका अनुसार २४ वर्षीया पी’डित महिला बेमाली भन्ने ठाउँमा बस्ने गर्छिन्। उनी घरमा ट्युसन पढाउने काम गर्छिन्। उनका पति इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने भारतीय मिडियाहरुले जनाएका छन्। लकडाउनका कारण दुवै पति–पत्नी घरमै बसिरहेका थिए। दुवैजनाले समय कटाउन अनलाइन लुडो खेल्ने फै’सला गरेका थिए।

काउन्सलरका अनुसार पत्नीले आफ्ना पतिलाई लगातार तीनदेखि चार राउन्डसम्म हराएकी थिइन्। पटकपटक हारेपछि पति आफ्नी पत्नीदेखि रि’साएका थिए र उनले झ’गडा गर्न सुरु गरेका थिए। झ’गडाका क्रममा उनी यति क्रो’धित बनेका थिए कि उनले आफ्नी पत्नीको ढाडको हड्डी नै भाँच्न पुगे। पछि रि’स साम्य भएपछि उनले पत्नीलाई आफै अस्पताल पुर्याएका थिए।

अस्पतालमा उपचार भएपछि पत्नीले घर जान मानेकी थिइनन्। तर पतिले आफ्नो गल्ती महसुस गर्दै माफी मागेपछि उनी घर जान राजी भएकी थिइन्। परियोजनाका संयोजक चन्द्रकान्त मकवानाले पतिलाई चे’तावनी दिँदै आइन्दा यस्तो ह’र्कत गरे कानुनी का’रवाही गर्ने चे’तावनी दिएका छन्। – एजेन्सी

प्रकाशित मिति १५ बैशाख २०७७, सोमबार १५:०२