सावधान ! इन्टरनेटले तपाईको गरीरहेको हुन्छ जासूसी

माघ ,२०७६
इन्टरनेटमार्फत प्रत्येक क्षण तपाईंमाथि नजर राखिने गरिएको छ । गूगलले पनि यस्तो काम गर्छ अनि सामाजिक सञ्जालले पनि । तर यस्तो जा’सूसी व्यापारिक प्रयोजनका लागि हुने गर्छ ।
कतिपय अवस्थामा साइबर अ’पराधीहरूले पनि तपाईंलाई ट्य्रा’क गरिरहेका हुन्छन् जसको परिणाम अ’त्यन्त घा’तक हुनसक्छ ।

गूगलले तपाईंका बारेमा धेरै कुरा जान्दछ । तपाईंको क्रियाकलापमा नजर राखेर गूगललाई के फाइदा त ? गूगलले यसो गरेको पैसा पाउँछ । तपाईंको आवश्यकताअनुसारको विज्ञापन देखाएर उसले पैसा कमाउने हो।

तपाईंमाथि क’डा नजर राखिँदैछ भन्ने कुरा एउटा उदाहरणबाट थाहा पाउनुहुुन्छ । तपाईंले विचार गर्नुभएको होला, ईकमर्स वेबसाइटमा तपाईंले जुन उत्पादन सर्च गरेपनि फेसबूकको होमपेजमा त्यस्तै किसिमका अन्य उत्पादनका विज्ञापन तपाईंले भेट्नुहुन्छ । तपाईंको आनीबानी थाहा पाएरै यस्तो ट्य्रा’किङ हुने गरेको हो ।

इन्टरनेटमा व्यक्तिगत सूचनालाई शत प्रतिशत बचाउन सम्भव छैन तर केही सजिला टिप्स अपनाएर तपाईं जानकारीहरू सुरक्षित राख्न सक्नुहुन्छ ।

गूगलले हरेक प्रयोगकर्ताको रुचिअनुसार बेग्लै पर्सनल प्रोफाइल सिर्जना गर्छ । त्यसैले तपाईंले आफ्नो गूगल अकाउन्टमा एड पर्सनलाइजेसन अप्सन अनचेक्ड राख्नुपर्छ । पर्सनल जानकारी गूगललाई दिँदा दुरुपयोग हुने खतरा बढ्छ ।
इन्कग्निटो मोडमा राख्दा ट्य्रा’किङको सम’स्या हुँदैन भन्ने नसोच्नुस् । यसले विज्ञापनलाई पूर्णरूपमा ब्ल’क पनि गर्दैन ।

जतिखेर पनि सामाजिक सञ्जालमा लग इन गरेर नबस्नुस् । यसो गर्दा ट्य्रा’क भइन सजिलो हुन्छ । ट्य्रा’किङलाई ब्ल’क गर्नका लागि तपाईंले विशेष सफ्टवेयर पनि प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सी

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०९:१८