शेष घले र जमुना गुरुङले कोरोना उपचार कोषमा ३ करोड सहयोग गरे

काठमाडौं । शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

कोषका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

फाउण्डेसनले यसअघि भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो ।

यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मुलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’

फाउण्डेसनले यसअघि भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो ।

प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार ०८:१०