वीरगन्जका थप २ जनामा कोरोना सं’क्रमणको पुष्टि

वीरगन्ज : वीरगन्जमा थप २ जनामा कोरोना भा’इरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

यसअघि कोरोना सं’क्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको स’म्पर्कमा रहेका दुई जनामा कोरोना सं’क्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए।

आइतबार बिहानसम्म ८२ जनाको रि’पोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भा’इरस सं’क्रमण रहेको पुष्टि भएको हो।

ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलार्य शं’कास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।

सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना सं’क्रमित भारतीय जमातीसँग स’म्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रि’पोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भा’इरस सं’क्रमण रहेको पुष्टि भएको हो।

प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार ०६:११