ओखलढुङ्गाको क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले मृ’त्त शिशु जन्माएपछि …

ओखलढुङ्गा, उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृ’त शिशुलाई जन्म दिएकी छन् ।

मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो ।

केही समयपछि मृ’त शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए । शिशुको मृ’त्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।

‘अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थ जस्तो थिएन’, उनले भने, ‘मृ’त शिशु प्रहरीको जिम्मा लगायौैं र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ ।’

क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ । र’क्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कोरोनाको ड’रले शिशुको श’व परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको स’ङ्क्रमण हुनसक्ने ड’रले परीक्षण नगरेको बुझिएको छ ।

शिशुको श’व परीक्षण गरे–नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिए । ‘अविवाहित भनिएकी युवतीले मृ’त शिशु जन्माएकी हुन् ।

प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार १५:०१