वीरगञ्जमा उपचाररत चार जना सं’क्रमित कोरोनामुक्त, भोलि डिस्चार्ज गरिने

वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रि’पोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रि’पोर्ट नेगेटिभ आएको हो ।

पीसीआर परीक्षणका लागि चार जना सं’क्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रि’पोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

चारै जनाको चौथो रि’र्पाेट पनि नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिश्चार्ज गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा थियौं, रि’पोर्ट नेगेटिभ आएको कागज मेरो हातमा आएको छ,’ उनले भने, ‘ सं’क्रमितको स्वास्थ्य अवस्था पनि सामान्य छ, संभवत भोलि डिस्चार्ज गर्छौ ।’

प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार १३:५९