सिन्धुलीमा माइक्रोबस दु’र्घटना, १ को मृ’त्यु, २० घा’इते

२०७६ माघ १२
सिन्धुली । सिन्धुलीमा माइक्रोबस दु’र्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ भने २० जना घा’इते भएका छन् ।
झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दु’र्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटनाको पुष्टि गर्दै एक जनाको ज्या’न गएको जानकारी दिए ।

दु’र्घटनामा ज्या’न गुमाउनेमा काठमाडौं महानगरपालिका–११, गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजन छन् । उनी सोही माइक्रोबसका चालक हुन् ।
दुर्घटनामा २० यात्रु घा’इते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०६:२१