भारतमा लकडाउन खुकुलो, पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न नपाइने

काठमाडौं । भारतले काेरोना भा’इरस (कोभिड–१९) म’हामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ ।

भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ ।

तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

म’दिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन । अत्याधिक सं’क्रमित रहेका र जो’खिम क्षेत्र भने पसल खोल्न पाइने छैन ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल सं’क्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार ०८:०२