चितवनका एक स’ङ्क्रमित कोरोना भा’इरसमुक्त भए

कोरोना भा’इरसको स’ङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भा’इरसमुक्त भएका छन् ।

दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भा’इरसमुक्त भएका हुन् ।

उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज र बिदाइ गरिने कार्यक्रम छ ।

आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिए । उनले भने, “उहाँलाई हामी आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज गरेर क्वारेन्टाइनमा बस्न लगाउँछौँ ।” कम्तीमा उनी एक साता क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।

तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भा’इरस देखिएको थियो । शुरुमा आमामा ¥यापिड डायग्नोष्टिक टेष्टमा श’ङ्कास्पद देखिएपछि आमा र दुई छोराको पिसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा नि’गरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।

प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार ०६:२७