कोरोनाबाट जुम्ल्याहा दिदीबहिनीको मृ’त्यु

एजेन्सी
लन्डन,
अहिले पुरै विश्व कोरोना भा’इरसको महामारीबाट प्रभावित भएको छ । जस्ले गर्दा सबै क्षेत्र,पक्ष स्थिति ओरालो लाग्दो छ । यसै क्रममा कोरोना भाइ’रसका कारण तीन दिनको अन्तरालमा बेलायतमा जुम्ल्याहा दिदीबहिनीको मृ’त्यु भएको छ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार ३७ वर्षिया उनीहरूको साउथह्याम्पटन जनरल अस्पतालमा निधन भएको हो।

बच्चाहरूको नर्स रहेकी केटी डेभिसको मंगलबार मृ’त्यु भएको भने उनकी जुम्ल्याहा एमाको शुक्रवार सबैरै मृ’त्यु भएको हो। एमा पूर्व नर्स हुन्।

‘उनी दुबै जना सधैं संसारमा सँगै आएका हामी जाँदा पनि सँगै जानेछौं भनिरहन्थे’,बहिनी जोले भनिन्।
जोका अनुसार उनीहरू दुबैलाई एकै किसिमको स्वास्थ्य समस्या थियो र केही समययता अस्वस्थ रहँदै आएका थिए।

‘उनीहरू कति विशेष थिए भन्नका लागि शब्द नै छैन’, उनले भनिन्।

प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार ०२:४१