नेपालका १० जना कोरोना सं’क्रमित निको भएर घर फर्किए

काठमाडौं– नेपालमा कोरोना भा’इरस (कोभिड १९)को सं’क्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ ।

पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएसँगै उपचारपछि निको हुने सं’क्रमितको संख्या १० पुगेको हो ।

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र ललितपुरको पाटन अस्पतालबाट गरी बिहीबार मात्रै ३ जना कोरोना सं’क्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

यस्तै, बुधबार नै डिस्चार्जको प्रक्रिया पूरा गरिएका धादिङका युवा पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रोग अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी ६५ वर्षीया महिलामा वैशाख १ गते कोरोना सं’क्रमण पुष्टि भएको थियो । कैलालीको लम्कीचुहा नगरपालिका घर भएकी उनी पर्साको वीरगन्जमा चिया पसल चलाउँदै आएकी थिइन् ।

लकडाउनपछि वीरगन्जबाट कैलालीस्थित घर आएकी उनी क्वारेन्टाइन अवधि पूरा गरेर घर समेत गइसकेकी थिइन् । तर, कोरोना सं’क्रमणको आ’शंका संकलन गरिएको नमूना परीक्षण गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

बिहीबार नै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना (आमा–छोरा) पनि कोरोना सं’क्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए । सरकारले विदेशबाट आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको सं’केत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।

प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार १२:२९