भारतमा कोरोना सं’क्रमित आमाले जन्माइन् स्वस्थ शिशु

कोलकाता– भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना सं’क्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको सं’क्रमण भएपछि अस्पतालमा उपचाररत छिन् ।

उनले जन्माएको शिशुमा कोरोना सं’क्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रि’पोर्ट नेगेटिभ आएको बताइएको छ ।

पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएकि हुन् । शिशुमा कोरोनाको सं’क्रमण देखिएको छैन र उनलाई आमाभन्दा छ फिट पर राखिएको जनाइएको छ ।

आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ । उक्त टोलीमा प्रसुती रोग विशेषज्ञहरुका साथै भा’इरल रोगका विशेषज्ञहरु पनि रहेका बताइएको छ ।

समाचारमा जनाइएअनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको सं’क्रमण हुने हो कि भन्ने ठूलो त्रा’समा त्यहाँका चिकित्सक र स्टाफ नर्सहरु रहेका थिए । तर पनि सोमबार बिहान बच्चा जन्मिएपछि उनको परीक्षणबाट ती शिशु सं’क्रमित नरहेको समाचारले भने अस्पतालमा खुशी दिलाएको बताइएको छ ।

त्यसैले ती शिशुलाई पनि सामाजिक दुरी कायम गरेर आमाभन्दा ५ फिट पर राखिएको छ भने आमा र बच्चाको स्याहार र उपचारमा चिकित्सकहरुको विशेष टोली खटाइएको छ । ती आमाले सोमबार बिहान शिशुलाई जन्म दिएकी हुन् । नवजात शिशु २.५ किलोग्राम वजनको र स्वास्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ ।

त्यस अस्पतालमा अरु पनि कोरोनाका सं’क्रमितहरुको उपचार जारी रहेको सो अस्पतालले जनाएको छ । ती आमालाई उक्त शिशुलाई दु’ध चु’साउन दिइएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ ।

शिशु र उनको आमालाई उनको बुबाले भिडियो कन्फ्रन्सिङमार्फत हेर्ने व्यवस्था मिलाइएको थियो । सुत्केरीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन ।

भारतमा कतिपय अस्पतालका चिकित्सक र कर्मचारीहरु पनि कोरोना सं’क्रमित भएका समाचार आएका छन् । मुम्बईमा पनि दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार मात्र बताइएको थियो ।

प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार १०:२२