बिहीबार जन्मिने व्यक्तिको भाग्य कति बलियो ?

कुनै पनि व्यक्तिको जन्म सात बार मध्ये एक दिन हुने गर्छ। हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन।

आज विहीबार, विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ? भन्ने विषयमा यहाँ चर्चा गरिएको छ-

विहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । तपाई विहीबार जन्मिनुभएको हाे भने मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण तपाई आदर्श पनि हुनुहुन्छ । सफा र स्वच्छ विचारधाराको मालिक पनि हुनुहुन्छ ।

तपाईभित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण ब’न्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्नुपर्छ ।

तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । बिहीबार जन्मेका मानिसहरुको प्रेम विवाह हुने सम्भावना अधिक रहन्छ । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले विहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाईको समस्या देखिन सक्छ

प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार ०२:२९